लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवँरवर्तिमा त्रिदिवसीय खेल महोत्सव शुरु

tillotmacitynews - 2025 Jan 22 10:47 PM
IMG

 माघ ९ गते । रुपन्देहीको तिलोत्तमा वडा नँ ८ मा रहेको कुवँरवर्ति इँग्लिश बोर्डिग स्कुलमा त्रिदिवसीय खेल महोत्सव शुरु भएको छ । विद्यालयको बार्षिक क्यालेण्डर अन्र्तगत आयोजित खेल महोत्सवको उद्धघाटन सत्रमा बेलुन उडाएर कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण खनाल लगायतले कार्यक्रमको उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पठनपाठनसँगसँगै कुवँरवर्ति इँग्लिश बोर्डिग स्कुलले अतिरिक्त क्रियाकलापमा देखाएको प्रतिबद्धता साँच्चिकै लोभलाग्दो र उदाहरणीय रहेको बताएका थिए।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका अध्यक्ष लक्ष्मण खनालले विद्यार्थीहरुको सर्वाँगीर्ण विकाशमा खेलकुदको ज्यादै ठुलो महत्व हुने बताए । उनले खेलाडी उत्पादनमा कुवँरवर्तिले मेसीनको काम गरिरहेको भन्दै विद्यालयले गरेको प्रगतिको प्रशँशा गरे । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दीपक खनालले ग्रासरुट लेवलका विद्यार्थीहरुको खोजी गर्ने र तिनिहरुलाई नियमित प्रशिक्षण दिई सही ढँगबाट उत्कृष्ट खेलाडीको रुपमा तयार पार्नु विद्यालयको मुल ध्येय भएको बताए ।


विद्यालयका सँन्चालक समिति सदस्यहरु, शेयर सदस्यहरु, शिक्षक, कर्मचारी तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको उद्धघाटन सत्रको सन्चालन कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख (युवराज रिमाल) ले गरेका थिए । ज्योतिनगर खेल मैदानमा माघ ९ गते बुधबारबाट शुरु भएको खेल महोत्सव माघ ११ गते शुक्रबारसम्म चल्नेछ । लेवल वाइज ३ चरणमा आयोजित खेल महोत्सवमा एथलेटिक्स लगायत क्रिेकेट, भलिबल, फुटवल लगायतका विभिन्न विधागत स्पर्धामा विद्यार्थीहरुले प्रतिस्प्रर्धा गर्दैछन । 



कमेन्ट गर्नुहोस्