लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्योतिषपरिषद्को स्थापना दिवसमा न्यानो कपडा वितरण

IMG

तिलोत्तमा,माघ ८। नेपाल ज्योतिष परिषद् को २७ औँ स्थापना दिवस पारेर बुधबार रूपन्देही जिल्ला कार्यसमितिले तिलोत्तमा-७ भलबारीमा रहेको प्रभात आधारभूत  विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।परिषद्का जिल्ला अध्यक्ष चक्रपाणी डुम्रेको संयोजकत्वमा विद्यालयमा अध्ययनरतका विद्यार्थीलाई विद्यालयको सहयोगमा जाडोका टोपी,मोजा लगायतका कपडाहरू वितरण गरिएको थियो। 


सो अवसरमा जिल्ला उपाध्यक्षहरू त्रिभुवन न्यौपाने, नारायण पौडेल ,सचिव रामकृष्ण चापागाईं, कोषाध्यक्ष अर्जुन भुसाल सदस्य गणेश मरासिनीलगायतको पदाधिकारीहरू उपस्थिति रहेको थियो। परिषदका वरिष्ठ उपाध्यक्ष त्रिभुवन न्यौपानेले विद्यार्थीहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण समेत दिनुभएको थियो।विद्यालयकी सञ्चालक समिति सदस्य सरु भट्टराईले विद्यालयलाई परिषद जस्तै धेरै संस्थाहरूले सहयोग गर्दै आएको बताउनुभएको थियो।विद्यालयकी प्रधानाध्यापक रितादेवी ज्ञवालीले परिषद्ले गरेकोकार्यको प्रशंसा गर्दै खुसी व्यक्त गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्