लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा

IMG

तिलोत्तमा, पौष ५ गते।नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको  हो ।जसको तयारी पुरा भएको  बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा देशभरबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारी सदस्यका अध्यक्ष तथा प्रतिनिधीहरुको  सहभागीता हुने जानकारी दिए ।


उनले‘एउटै अभियान एउटै आवाज, सुरक्षित साकोस समुन्नत समाज’ भन्ने नाराका साथ  साधारण सभा आयोजना गर्न लागिएको अध्यक्ष ढकालको भनाई रहेको छ ।साधारण सभाको नेपाल सरकार भुमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बालराम अधिकारीले उद्घटन गर्ने कार्यक्रम रहेको छ ।दुई दिन सम्म चल्ने साधारण सभामा दोस्रो दिन प्राविधिक शत्र आयोजना गरिएको   नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीकृष्ण नेपालले जानकारी दिए । सहकारी सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रर्वद्धन गरिने कार्यक्रम समेत तय गरिएको छ ।नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले साधारण सभामा उत्कृष्ठ कार्य गर्ने सहकारी संस्थाहरुको सम्मान समेत गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्