लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुरोट छाडेपछि बिग्रिएको फोक्सो फेरि स्वस्थ हुन्छ ?

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक ११ गते ।

चुरोट त्यागे बिग्रेको फोक्सो पहिलेको जस्तै स्वस्थ हुन सम्भव छ ?


पक्कै पनि सम्भव छ । चुरोट एक-दुई सर्कोबाट लतको रुप लिंदासम्म फोक्सोको कोषहरुमा क्षति पुगिसकेको छ । त्यो अवस्थामा चुरोट छाडेमा त्यसको पाँच वर्षपछि ९० प्रतिशत बिग्रेको फोक्सोमा सुधार आउँछ । किनकि चुरोट छोड्नु भनेको कोष बिगार्ने ट्रिगर नै हट्नु हो । कोषहरु बन्ने र नासिने प्रक्रिया शरीरभर नै भइरहेको हुन्छ । यो क्रमलाई पनि चुरोटले ट्रिगर गरेकै कारण क्षति पुग्ने हो । यो ट्रिगर नै हटिसकेपछि कोषहरु सामान्य बन्ने पुन: मौका पाउँछन् ।


यस्तोमा पाँच वर्ष भन्दा बढी जति लामो समय भयो त्यति फोक्सो बिग्रने जोखिम कम हुन्छ । बिग्रिएको अवस्था क्रमिक रुपमा सुधार हुँदै जान्छ । तर त्यो जोखिम शून्यले भने कम हुँदैन । तर ४० वर्ष अगाडि नै चुरोटको लत चटक्कै छोड्दा शून्यको आसपासमै जोखिम कम हुनसक्छ । त्यस्तै, ७० देखि ८० वर्षको व्यक्तिले पनि चुरोट छोडेमा पनि यसको फाइदा देखिएको छ ।


त्यति मात्र होइन, क्यान्सर लागिसकेपछि चुरोट छोड्दा पनि औषधिले प्रभावकारी ढङ्गले काम गर्ने, दोस्रो क्यान्सर हुने जोखिम कम हुने र फैलिने जोखिम कम हुन्छ । दम र अक्सिजन कम भइसकेको अवस्थामा पनि चुरोट छाड्ने हो भने फाइदाजनक नतिजा देखिन्छ । त्यसैले चुरोट भनेको जुनसुकै अवस्था, उमेर र रोग भएमा पनि चुरोट छोड्दा प्रभावकारी सुधार स्वास्थ्यमा देखिएको पाइन्छ ।


विज्ञानले भन्छ, एउटा मानिसले चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ । तीन दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ । चुरोट छाडेको पाँच वर्षमा प्यारालाइसिस हुने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ भने १५ वर्षमा हृदयघात हुन सक्ने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ ।


चुरोटको मात्रा सीमित गर्दैमा हट्दैन जोखिम


कतिपयले आफैं जुक्ति लगाई चुरोट कम खाएर यसले पार्ने जोखिम कम गर्छु भनेर सोच्छन् । सो अभ्यास गर्छन् । सो अभ्यास गर्दै पूर्ण रुपमा त्याग्ने हो भने सो प्रयास प्रभावकारी बन्न पुग्छ । तर मात्रा घटे पनि चुरोट खाने अभ्यासलाई निरन्तरता दिन्छन् भने सीमितता गरेको काम लाग्दैन । किनकि चुरोट थोरै या धेरै खाए पनि समग्र शरीरको लागि विष नै हो । चुरोट खाने बानी भएकाले चुरोटको मात्रा केही कम गर्दा पनि फोक्सो बिग्रने जोखिम कम हुँदैन । अध्ययनहरूले पनि चुरोटमा सीमितता अपनाउँदा जोखिम कम नगर्ने देखाएको छ । बरु, खाने तरिकामा भने केही परिवर्तन ल्याउँछ । यसो भन्नुको मतलब यसको मात्र एउटै विकल्प हो, चुरोट छोड्नु । चुरोट छोडेमा मात्र फोक्सोको स्वास्थ्यमा सुधार आउँदै जान्छ ।




कमेन्ट गर्नुहोस्