तिलोत्तमा, भदौ ७ गते २०८१। रुपन्देहीको तिलोत्तमा-८, ४ नम्बर चोकमा अवस्थित नवज्योति इ.बो. स्कुलमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुबिच शान्त हरियाली वातावरण नामक शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त चित्रकला प्रतियोगिता कार्यक्रम कक्षा ४ देखि कक्षा १० सम्म एउटै शीर्षकअन्तर्गत भए पनि प्रथम, द्वितीय र तृतीय स्थान भने तहगत रुपमा छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ । जसअन्तर्गत कक्षा ४ देखि कक्षा ६ सम्म भएको चित्रकला प्रतियोगितामा कक्षा ४ बाट आस्तिक बिर्कट्टा प्रथम, कक्षा ६ बाट दिपसन पाण्डे द्वितीय र कक्षा ५ बाट गोविन्द रेग्मी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने कक्षा ७ देखि कक्षा १० सम्म कक्षा ७ बाट रिया श्रेष्ठ प्रथम, कक्षा ९ बाट राशी क्षेत्री द्वितीय र कक्षा ९ बाट आयुषा कंडेल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
कक्षा ४ देखि कक्षा ६ सम्म एक समुह र कक्षा ७ देखि कक्षा १० सम्म एक समुह गरी दुई समुहमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । चित्रकला प्रतियोगिता कार्यक्रमलाई व्यवस्थित गर्नको लागि कक्षा ४ देखि कक्षा ६ सम्म शिक्षिका पूजा पौडेलको नेतृत्वमा पुनम यादव, दिपिका थापा मगर, आराधना पाण्डे, राधा कुवँर, प्रमिला दर्लामी र करुणा गुरुङ रहनुभएको थियो भने कक्षा ७ देखि कक्षा १० सम्म अतिरिक्त क्रियाकलाप प्रमुख सुरेश पङ्गेनीको नेतृत्वमा सुमन बारघरे मगर, शुशिला काफ्ले र सुष्मा कार्की रहनुभएको थियो ।
त्यसै गरी कक्षा पिजि देखि कक्षा युकेजीसम्मका विद्यार्थीहरुबिच राधा र कृष्णको प्रतियोगिता राखिएको थियो । जसअन्तर्गत कक्षा पिजिबाट जसपाल पौडेल प्रथम, वर्षा अर्याल द्वितीय र दिपिसा केसी तृतीय हुन सफाल भएका छन । त्यस्तै कक्षा नर्सरीबाट राधातर्फ विनिसा राना प्रथम, साराया पुन मगर द्वितीय र कृसु भण्डारी तृतीय तथा कृष्णतर्फ रियांशदास आचार्य प्रथम, आशिक कंडेल द्वितीय र विवांश तिवारी तृतीय हुन सफल भएका छन् ।
त्यस्तै कक्षा एलकेजीबाट राधातर्फ सायासा थापा प्रथम, सुहाना न्यौपाने द्वितीय र मिरा विश्वकर्मा तृतीय तथा कृष्णतर्फ रिवांश चापागाँइ प्रथम, अंश परियार द्वितीय र नेमार्क वि.क. तृतीय हुन सफल भएका छन् । त्यस्तै कक्षा युकेजीबाट राधातर्फ श्रेया गैरे प्रथम, आंशिका भण्डारी द्वितीय र सान्विका अर्याल तृतीय तथा कृष्णतर्फ अंश न्यौपाने प्रथम, प्रिन्स थारु द्वितीय र शिशिर खनाल तृतीय हुन सफल भएका छन् ।
चित्रकला र राधाकृष्ण प्रतियोगिता कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य टोपबहादुर केसीले गर्नुभएको थियो। प्रमुख संयोजक इन्द्रकुमार राई र प्रावि संयोजक माया गुरुङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा राधाकृष्ण कार्यक्रमको निर्णायकको भूमिकामा मावि संयोजक हिमलाल चापागाँइ र शिक्षिका पुनम यादव रहनुभएको थियो । दुवै कार्यक्रमका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई टीका तथा पुरस्कार प्रदान गरिएको थियो । भजन र नृत्य सहितको कार्यक्रमको सञ्चालन शिक्षिका राधा उदयले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्