लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवज्योतीमा वादविवाद प्रतियोगिता सम्पन्न

IMG

तिलोत्तमा,साउन २७ गते २०८१।  तिलोत्तमा ८, ४ नम्बर मणिग्राममा अवस्थित नवज्योति इ.बो. स्कुलमा नवज्योति भित्रे पात्रोमा अंकित कार्यक्रम अनुसार कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु बिच अंग्रेजी माध्यममा तहगत वादविवाद कार्यक्रम सम्पन्न भएको छ । कक्षा ४ देखि कक्षा ६ सम्म  Is the use of internet good or bad for students? शीर्षकमा भएको वादविवाद कार्यक्रममा भुमिका ज्ञवाली कक्षा ५ रोज प्रथम,  दिप्सन पाण्डे कक्षा ६ लोटस द्वितीय र अन्तरा ज्ञवाली कक्षा ६ लोटस तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने कक्षा ७ देखि कक्षा १० सम्म Is it better to study in Nepal than to go abroad for higher education ? शीर्षकमा भएको वादविवाद कार्यक्रममा दिपिका पाण्डे कक्षा ९ प्रथम, जस्मीन पुन कक्षा ९ द्वितीय र रक्षा मिश्रा कक्षा १० तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कक्षा ४ देखि कक्षा ६ सम्म एक समुह र कक्षा ७ देखि कक्षा १० सम्म एक समुह गरी दुई समुहमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 


वादविवाद कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य टोप बहादुर केसीले गर्नुभएको थियो भने अतिथिको रुपमा माध्यमिक विद्यालयका संयोजक हिमलाल चापागाँई, प्रिप्राइमरी संयोजक तेजकुमारी गुरुङ र भूतपूर्व माध्यमिक विज्ञान शिक्षक सङ्गम पौडेल रहनुभएको थियो । त्यसैगरी अतिरिक्त क्रियाकलाप प्रमुख सुरेस पङ्गेनी, शिक्षिका दिपिका थापा मगर र पुजा पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्तगर्न सफल भएका विद्यार्थीहरुलाई अविर टीकाद्वारा सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो ।  कार्यक्रमको सन्चालन विद्यालयका प्रमुख संयोजक इन्द्रकुमार राईले गर्नुभएको थियो ।