लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लैगिक हिंसा सम्बन्धी दुई दिवसीय तालिम तिलोत्तमामा सम्पन्न

IMG

तिलोत्तमा, असार २३ गते २०८१।  लैगिक हिंसा सम्बन्धी दुई दिवसीय तालिम तिलोत्तमामा आइतबार सम्पन्न भएको छ । नेत्रहिन महिला संघ नेपालको आयोजना रDRF/DRAF  को सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।तिलोत्तमा नगरपालिका भित्रका अपांगता भउका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको थियो । तालिममा लिंग र लैंगिकता ,लैगिंक हिंसा, अपांगता भएका व्यक्तीका लागि भएका कानुनी व्यवस्था, मनोपरामर्श लगाएतका विषयमा प्रशिक्षण गराइएको थियो ।


तालिममा तिलोत्तमा नगरपालिका भित्रका विभिन्न अपांगता भएका २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेत्रहिन महिला संघ नेपालका संस्थापक अध्यक्ष तथा सल्लाहकार निरा अधिकारी , तिलोत्तमा नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सम्झना भण्डारी , नेत्रहिन महिला संघ नेपालका सचिव सृजना ढकाल , इन्द्रेणी ग्रामिण विकास  केन्द्रका  स्रोत व्यक्ती तथा मनोपरामर्शकर्ता कमला गहत्राजले गर्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्