
तिलोत्तमा, असार ८ गते २०८१। रुपन्देहीको तिलोत्तमा-०५, मणिग्राममा अवस्थित राममणी बहुमुखी क्याम्पस, एमबीएस प्रथम सेमेस्टरमा अध्यनरत विधार्थीहरुद्वारा बिजनेश टक शो "Business Talk Show" कार्यक्रम मणिग्रामको विश्राम बाटिकामा सम्पन्न भएको छ ।कार्यक्रममा विद्यार्थीहरुलाई वर्तमान परिस्थितीमा डिग्री प्राप्त गरे भविष्य सुनिश्चित हुन्छ त ? विदेश पलायनको विकल्प र स्वदेशमा रही कसरी सफल हुन सकिन्छ ? भन्ने कुराहरुको सम्भावना खोज्न सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष तथा क्याम्पसकी छात्रा मीना कुमारी चिदीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ता लुम्बिनी डेरीका सञ्चालक विक्रम रिजाल र हाइ-लाइफ नेपालका उप-प्रबन्ध निर्देशक शुशान्त घिमिरे र अतिथीहरुमा प्राध्यापक सुबोध भट्टराई, नवराज तिवारी, कृष्ण रेग्मी लगायतले बोल्दै देशमै केही सम्भावना रहेको बताएका थिए। कुशलता पूर्वक आ-आफ्नो जिवनका भोगाई र सिकाईद्वारा आर्जन गरेका अनुभव विधार्थीहरु माझ साटासाट गरे र उद्यमी बन्न प्रेरणा दिदै जुनै परिस्थितीमा पनि धैर्य धारण गर्ने क्षमताको विकास हुनुपर्ने भन्दै विद्यार्थी हरुको आगामी उज्ज्वल भविष्यको शुभकामना दिएका थिए । २ चरणमा सम्पन्न सो कार्यक्रमको संचालन सचिव लेख बहादुर थापा र अन्जना भट्टराईले गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस्