लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी शिक्षा तालिम सम्पन्न

IMG

तिलोत्तमा, जेष्ठ ३० गते २०८१।उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर–७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए ।


सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताए । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।


त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गरे । उनले भने, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्