
तिलोत्तमा, जेष्ठ १८ गते २०८१। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका नगरपालिकाको सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ। विद्यार्थीहरुमा धार्मिक जनजागरण र संस्कृति चेतना गराउने उदेश्यले तिलोत्तमा वडा नम्बर ६ को व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा धार्मिक हाजिरीजवाफ प्रतियोगिताको जेष्ठ १९ गते शनिबार संचालन हुने भएको हो ।
संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका विद्यालयको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुनेले नगद रु १२ हजार दोस्रोले रु ९ हजार, तेस्रो हुनेले ६ हजार र प्रोत्साहन हुनेले नगद रु ३ हजार सहित प्रमाणपत्र पाउने शान्ति दुर्गा मन्दिरका अध्यक्ष शिव पाठकले बताए। तिलोत्तमा-६ स्थित १० नम्बर नयामिल शान्ति दुर्गा मन्दिरको आफ्नै सभाहलमा हुने सो प्रतियोगिताको सबै तयारि पुरा भएको पाठकको भनाई छ। मौलिक सनातन धर्म संस्कृतिको प्रारम्भिक ज्ञान प्रबर्द्धन गर्ने उदेश्यले संचालित प्रतियोगितामा एक समुहमा एक छात्रा सहित ३ जनाले भाग लिने र दर्ता नि:शुल्क रहेको आयोजकका तर्फबाट दिवाकर ढकालले बताए।नेपालमै पहिलो पटक यस्तो खालको प्रतियोगिता हुन लागेको आयोजकको भनाई छ।
कमेन्ट गर्नुहोस्