लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्य संस्थामा काम गर्ने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

tillotmacitynews - 2024 May 07 12:03 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा लिएर अन्य स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।


मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरू सबैलाई निर्देशनात्मक सूचना पठाउँदै बिदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा काम गर्न कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो ।मन्त्रालयअन्तर्गतका कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अध्ययन, असाधारण, घर बिदामा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिएर बाहिर 

काम गरेको गुनासो प्राप्त भएको यस्तो निर्देशन दिएको उहाँको भनाई छ ।  


उहाँले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने र  बिदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभएको छ । पत्रमा जुन उद्देश्यका लागि बिदा लिइएको सोही प्रयोजनमा उपयोग गर्नु पर्ने हुन्छ भन्दै एउटा बिदा लिएर अर्को काम गरेको भेटिए बिदा रद्द गरी कारबाही हुने उल्लेख गर्नुभएको छ ।


सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाहरूले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिएमा मन्त्रालयमा तथा सम्बन्धित निकायमा जानकारी गराउन समेत आम सर्वसाधारणसँग अनुरोध गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्