लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिस्नु युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८१ बैशाख २२ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका -१५, कोटिहवमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।‘ रक्तदान, जीवनदान ’ भन्ने नारासहित लिस्नु युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको छ । उक्त रक्तदान कार्यक्रममा १८ देखि ६५ वर्षसम्मका रक्तदाताहरूले रक्तदान गरेका छन्। 


सामाजिक सेवासंगै बिषेशत: फुटबल प्रतियोगिता लिस्नु कप गराउदै आएको सो क्लबले विगत हरेक बर्ष निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए । रक्तदान कार्यक्रममा १ सयभन्दा बढीको उपस्थिति रहेकोमा केही व्यक्तिहरुको पेसर कम / बढी, बिरामी, औषधी सेवन गरिराखेका र उमेर नपुगेका साथै विभिन्न कारणले गर्दा ४५ जनाले मात्रै रक्तदान गरेको क्लबका अध्यक्ष मल्लले बताए । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा विभिन्न स्थानिय संघ / संस्थाहरुको सहयोगमा भव्यता साथ सम्पन्न भएको सचिव मनोज केसीले जानकारी गराए। 

कमेन्ट गर्नुहोस्