लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौँमा प्रदर्शन

tillotmacitynews - 2024 May 04 03:25 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २२  गते । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको हो । 


शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरूले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् । उनीहरूले ‘स्वास्थ्यमाथि खेलबाड बन्द गर, स्वस्थ वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौँ, वायु प्रदूषण रोकौँ’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदूषण बढेको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौँको आकाश धुम्म भएको छ । चिकित्सकहरूले घरबाहिर निस्किदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् । 

कमेन्ट गर्नुहोस्