
तिलोत्तमा सिटी, २०८० चैत २५ गते । प्रेस सेन्टर नेपाल,रूपन्देहीद्वारा आयोजित तथा बुटबल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित विधागत पत्रकारिता तालिमको चौथो दिनमा समाचार लेखन सम्बन्धि तालिम प्रदान गरिएको छ।
पत्रकारीता क्षेत्रमा समाचार लेखनको अत्यन्तै महत्वपुर्ण भुमिका रहेकाले पत्रकार महासंघ रुपन्देहीका नि वर्तमान अध्यक्ष यानेन्द्र जिसीद्वारा समाचार लेखन सम्बन्धि तालिम दिइएको थियो। समाचार लेखनका प्रभाव बारे चर्चा गरिएको सो तालिममा बिभिन्न समाचार लेख्नका लागि प्रयोग गरिने बिधि,तरिकाहरु,समाचार खोज्ने तरीका,अन्तरवार्ता लेखन एवम समाचारका स्रोतहरुको बारेमा जानकारी गराईएको थियो । समाचारले समाजको यथार्थलाइ जस्ताको तस्तै चित्रण गर्ने भएकाले समाचार लेखन प्रभावकारी हुनुपर्ने र त्यसको लागि समाचार लेखनको ज्ञान हुनुपर्ने भएकाले यस तालिममा समाचार लेखनमा आवश्यक पर्ने विभिन्न पक्षको बारेमा बताइएको थियो । समाचार लेखनमा शिर्षकको महत्वपुर्ण भुमिका रहने,समाचारको लिडले समग्र समाचारको प्रतिनिधित्व गर्ने, मुख्य कुराको सहि व्याख्या लगायत समग्र कुराको जानकारी सो तालिममा दिइएको थियो ।
समाचार निर्माणका लागि लेखकले सम्बन्धित क्षेत्रको पर्याप्त ज्ञान लिन जरुरी रहने साथै पत्रकारले सामान्य व्याक्तिले भन्दा फरक दृष्टिकोणबाट घटनालाइ नियाल्नुपर्ने प्रशिक्षक जि सि ले बताए । पत्रकारले हरेक पलको खबर राख्नु पर्ने र समयअनुसार प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने पनि उनले जानकारी दिए । लेखकले आफुले पनि पढनु पर्ने र हरेक परिस्थितिमा समाचार खोजिको दृष्टिकोणले हेर्नु पर्ने पनि ध्यानाकर्शण गराए । सो प्रशिक्षणमा अन्य विधा अन्तर्गत पर्यटन, संचार कानुन,पत्रकार आचारसंहिता, समावेशि पत्रकारीता, पहिलेको पत्रकारीता र अहिलेको पत्रकारीता,चलचित्र पत्रकारीता,फोटो पत्रकारीता समेत प्रशिक्षण गराइएको थियो।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए । तालिममा विभिन्न संचार माध्यममा आवद्ध ३० जना पत्रकार सहभागी रहेको तालिम यहि २५ गते समापन हुने पनि बताए।
कमेन्ट गर्नुहोस्