लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार क्षमता अभिवृद्धि तालिम समपन्न

tillotmacitynews - 2024 Apr 07 09:23 PM
IMG

तिलोत्तमा सिटी, २०८० चैत २५ गते । प्रेस सेन्टर नेपाल,रूपन्देहीद्वारा आयोजित तथा बुटबल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित विधागत पत्रकारिता तालिम तथा अग्रज पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ।  


पत्रकारीता क्षेत्रका विभिन्न विधाहरु आर्थिक विधा,राजनितिक विधा,चलचित्र पत्रकारीता,पर्यटन,पत्रकारीता कानुन र आचारसंहिता लगायतका विभिन्न महत्वपुर्ण क्षेत्रहरुको बारेमा उक्त तालिममा प्रशिक्षण गरीएको थियो । समाचार लेखन, भाषाशैलि, समावेशि पत्रकारीता र पत्रकारमा हुनुपर्ने गुणहरुको बारेमा पनि अवगत गराइएको थियो ।  प्रशिक्षार्थिहरुलाइ एक शिर्षक प्रदान गरी तालिमको अन्त्य दिन लेखन सिपको पनि जाँच गरिएको थियो ।  


सञ्चारको तागतले विभिन्न तानशाह ढलेको र पत्रकारले आवश्यक खण्डमा विभिन्न चुनौति सामना गर्दै समाजको यथार्थ बाहिर ल्याउन जरुरी रहेको समापन कार्यक्रमका प्रमुख अतिथि माओवादि केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए । डिजिटलाइजेसन तथा अनेक मनोरञ्नका साधनमा भुलाइ नयाँ पुस्तालाइ पुँजिवादिले दास बनाउन खोज्ने अवस्थालाइ समेत बाहिर ल्याइ यथार्थ प्रदान गर्न सक्ने क्षमता एक कुशल पत्रकारमा हुनुपर्ने पनि जानकारी दिए । 


सबल पत्रकार उत्पादन तथा पत्रकारीता क्षेत्रका बारेमा अत्यावश्यक सिपको जानकारीका लागि पत्रकार क्षमता अभिवृदि कार्यक्रम गरिएको प्रेस सेन्टर रुपन्देहिका अध्यक्ष  बिष्णु पोखरेलले जानकारी दिए । साथै सो अवधिमा पत्रकारीता क्षेत्रका विभिन्न महत्वपुर्ण विधाहरुमा प्रशिक्षण गरिएको बताए । समापन कार्यक्रममा प्रशिक्षार्थिहरुलाइ सर्टिफिकेट पनि प्रदान गरिएको साथै सहभागि प्रशिक्षार्थिले आफुले सो तालिमबाट धेरै कुरा सिक्ने मैका पाएको र वास्तविक जिबनमा पनि त्यसको लागु गर्ने बताए। उक्त कार्यक्रमसँगै अग्रज पत्रकार सम्मान कार्यक्रम पनि रहेको थियो जसमा पत्रकारीता क्षेत्रमा योगदान दिएका अग्रज पत्रकारहरुलाइ सम्मान पनि गरिएको थियो । प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पौडेल अग्रज पत्रकारहरू नारायण सापकोटा, गुरूदत्त ज्ञवाली, दुर्गा पौडेल, विनोद पहाडी, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्यौपाने, पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, रूद्रहरी कुँवर, भुवन कार्की  र कमल रायमाझीलाई सम्मान गरीएको थियो । 


तालिम बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा  ७ दिनसम्म संचालन भएको थियो सो तालिममा विभिन्न संचार माध्यममा आवद्ध ३० जना पत्रकार सहभागीता रहेको थियो । 


कमेन्ट गर्नुहोस्