
तिलोत्तमा,२०८० चैत्र २४ गते । तिलोत्तमा २ योगिकुटि स्थित शिशु कल्याण पाठशालाको छैठौँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण,शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा तिलोत्तमा नगरपालिकका मेयर रामकृष्ण खाणले पाठशालाको सफलताको शुभकामना दिए साथै साना तथा ठुला सबै विधालयको शैक्षिक उन्नतिमा उत्तिकै भुमिका रहेको पनि बताए ।उनले भने,"शिक्षाको पहिलो खुडकिलो पाठशालाबाट सुरुवात हुने र परिवारमा पनि बालबालिकाको समग्र विकासमा अभिभावकले ध्यान दिन जरुरी छ ।"
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक दिपेन्द्र नेपालले पाठशालामा हाल पचास जना विद्यार्थी रहेको तथा युकेजि सम्म शिक्षण भइरहेको जानकारी दिए । बालबालिकालाइ गुणस्तरीय शिक्षा प्रदान गर्न आफु हमेसा त्तपर रहेको र विधालयमा अन्य सुविधा पनि ल्याउने तयारीमा रहेको बताए । कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्यहरु, सन्देशमुलक नाटक, गायन कला पनि प्रस्तुत गरेका थिए। साथै कार्यक्रमका बिच बोल्दै एक अभिभावले पाठशालाले बालबालिकालाइ उचित शिक्षा तथा शैक्षिक वातावरण प्रदान गरेको, बालबालिकाहरु विधालय जान खुसि हुने वातावरण सिर्जना गरेकोमा खुसी व्यक्त गरे ।
सो अवसरमा तिलोत्तमा वार्ड नं २ का वडाअध्यक्ष डिल बहादुर भट्टराइ, काठमाण्डौ मन्टेश्वरीका राम देवकोटा,अभिभावक संघ लुम्विनी प्रदेशका अध्यक्ष लोकनाथ ज्ञवालि,राजकुमार वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्