
तिलोत्तमा,२०८० चैत्र २० गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग वडाअध्यक्ष” कार्यक्रम अन्तर्गत वडा नम्बर ६ कुन्जपार्क मगर भवनमा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ।शिविरमा करिव ५० जना जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको तिलोत्तमा नगरपालिका आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत ज्ञान प्रसाद पाैडेलले जानकारी दिए। शिविरमा ६० वर्ष देखि माथि उमेरका जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियो।साे अवसरमा प्रेसर, दम, छाला, बाथ, नसा, मधुमेह जस्ता रोगहरुको बारेमा जाँच गरिएको थियो ।शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसाे मधुमेह,उच्च रक्तचाप र दमका बिरामीहरु रहेकाे आनन्दबन स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य शाखा अधिकृत ज्ञान प्रसाद पाैडेलले जानकारी दिए ।
स्वास्थ्य चेकजाँच गराएका बिरामीहरु लाई नि:शुल्क औंषधी समेत वितरण गरिएको थियो। स्वास्थ्य सेवाको पहुच बाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले साे कार्यक्रम सञ्चालन गरिएको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए । त्यस्तै वडा सदस्य पूर्ण प्रसाद आचार्य संजयले जेष्ठ नागरिकहरुकाे लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताए । शिविरमा वडा सदस्य सिता गौतम, गीता गन्धर्व, वडा सचिव कृष्ण बहादुर क्षेत्रि, स्वास्थ्य अधिकृत हुमनाथ पाण्डे लगायतले स्वास्थ्य सेवाका बिषयमा आ आफ्ना राय प्रस्तुत गरेका थिए ।
कमेन्ट गर्नुहोस्