
तिलोत्तमा,२०८० चैत्र ३ गते। रुपन्देहीको तिलोत्तमा-१ मा रहेको न्यू लाइट कलेजले बिद्यालयका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान गरेको छ । एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन अध्यक्ष धर्मराज पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रमुख अतिथि र प्राचार्य रमेश ज्ञवालीले छात्रवृत्ति प्राप्त गरेका र विभिन्न अतिरिक्त क्रियाकलापका विधामा उत्कृस्ट हुने बिद्यार्थीलाई सम्मान गरेका थिए ।सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले अनेकौं कठिनाईका बीचमा पनि शिक्षक र विद्यार्थीको प्रयासमा कलेजले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै अतिरिक्त क्रियाकलापमा समेत बिद्यालय उत्कृस्ट रहेको बताए ।
सो अवसरमा बोल्दै प्राचार्य रमेश ज्ञवालीले कलेजको समग्र नतिजाको विश्लेषण गर्दै हरेक विद्यार्थीको क्षमतालाई आकंलन गरेर शिक्षण गरेको कारण प्रत्येक विद्यार्थीको उत्कृष्ट नतिजा सम्भव भएको र कलेजले अतिरिक्त क्रियाकलापलाई समेत राम्रो जोड दिएको उल्लेख गरे । अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक खेमराज खनालले विद्यार्थीहरुले आफुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरि उत्कृस्ट क्रियाकलाप प्रस्तुत गरि कलेजको गरिमा बढाएको प्रति बधाई सहित धन्यबाद ज्ञापन गरे। सो अवसरमा बोल्दै शिक्षक राजेन्द्र कुँवरले विद्यार्थीको प्रतिभा सहित शैक्षिक बिकासका लागि बिद्यालयले प्राप्त गरेको नतिजालाई कायम गर्दै थप शैक्षिक प्रगति गरेर देशको सेवा गर्नुपर्ने बताए ।सो कार्यक्रममा कलेजका सल्लाहकार प्रेम बहादुर भण्डारी,पुर्व बिद्यार्थी अर्जुन खरेल, व्यवस्थापन संकायका प्रमुख बिरेन्द्र राना, अतिरिक्त क्रियाकलापका प्रमुख खेमराज खनाल,शैक्षिक संयोजक राजेन्द्र कुँवर,केदार रेग्मी लागयातले कलेजको प्रगतिको शुभकामना दिएका थिए।
कार्यक्रममा शैक्षिक र ब्यबहारिक रुपमा उत्कृस्ट खेलकुद तर्फ ३ सय जना , शैक्षिक तर्फका २० जना , अनुशासन तर्फ ५० जना, नृत्यमा २५ जना, अक्षयकोश तर्फका २० जना र २० जना शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो। उत्कृस्ट सम्पूर्ण विद्यार्थीलाई विभिन्न विधाका गिफ्ट ह्याम्पर, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कलेजमा नियमित अध्ययन गरेका गरिव तथा जेहेन्दार विद्यार्थीहरु र विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बिशेष सम्मान गरिएको थियो । करिव २ दर्जन नृत्य प्रस्तुति र गायन प्रतिभा समेत प्रस्तुत गरिएको सो कार्यक्रममा नृत्य प्रतियोगितामा प्रथम आउने द्वित्तीय र तृतीय एबम सान्त्वना हुनेसबैलाई पुरस्कार प्रादान गरिएको थियो। कार्यक्रम कलेजका प्राध्यापक तथा शैक्षिक संयोजक राजेन्द्र कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा स्व दोलाकुमारी रेग्मीको स्मृतिमा अक्षयकोश दाता केदार रेग्मीले कलेजको अक्षयकोशमा १ लाख ११ हजार १ सय ११ थपे गरेका छन्।
कमेन्ट गर्नुहोस्