
तिलोत्तमा,२०८० चैत्र २ गते। तिलोत्तमा सामुदायिक संस्था तिलोत्तमाले डिजिटल मोबाईल सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ। आधुनिक युगमा महिलाहरु सक्षम हुनुपर्छ भन्ने उदेश्यका साथ संस्थाले तिलोत्तमा नगर भरिका महिलाहरुको लागि तालिम सम्पन्न गरेको हो।तालिमलाई सम्बोधन गर्दै लुम्विनी प्रदेश साम्सद जमुना ढकाले महिला दिदिबहिनीहरु हरेक क्षेत्रमा सक्षम र आत्मनिर्भर हुनुपर्ने बताउनुभयो।संस्थाले महिलाले सिपलाई सिपमा मात्र सिमित नराखी आयसगँ जोड्ने कुरालाई उजागर गर्नुपर्ने बताउनुभयो। महिला एकता समाज विभिन्न ठाउँमा महिलाहरुको संगठन रहेकोले महिलाको सुरक्षा, महिलाको सशक्तिकरण र सवलिकरणमा वृहत कार्य गर्दै आएकोमा संस्थालाई प्रगतिको शुभकामना दिनुभयो ।
राजनैतिक देखि सामाजिक कार्यमा महिलाहरुको सक्रियताले समाजमा नया प्रविधिको विकास हुने बताउनुभयो।युवा परिषद लुम्बिनि प्रदेशका उपाध्यक्ष गोविन्द केसीले महिला दिदिबहिनीहरु उद्यमी बन्न सिप सिकेर सिपलाई आफ्नो व्यापार बनाउनका लागि विभिन्न अवसर पाउनुपर्छ र पाएको अवसरलाई प्रभावकारी बनाउन तयार पनि हुनुपर्ने कुरामा जोड दिनुभयो। सो कार्यक्रममा बोल्दै उहाँले यो तालिमको अवसरलाई पुर्ण रुपमा सदुपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। तिलोत्तमा सामुदायिक संस्थाका अध्यक्ष लक्ष्मी बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव शान्ता बस्याल भट्टराईको स्वागतसंगै संस्थाका कोषाध्यक्ष कमला पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।तालिममा नगर भित्रका ३ सय जना महिलाहरुको उपस्थित रहेको थियो।
कमेन्ट गर्नुहोस्