लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाईरल ज्वरोका बिरामी बढे : यसबाट कसरी बच्ने ?

IMG

देशका बिभिन्न ठांउमा भाईरल ज्वरोको प्रकोप बढेको छ । भाइरल फिबर एक गम्भीर सङ्क्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको सङ्क्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ । जसको मुख्य कारण बच्चाहरुमा हुने कम रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) हो । भाइरल फिबर मौसम परिवर्तनको समयमा बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ । बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण करीब सातदेखि दश दिनसम्म रहन सक्छ । जब रोग प्रतिरोधात्मक क्षमताको पर्याप्त विकास हुन्छ, भाइरल सङ्क्रमण अाफै कम हुँदै जान्छ । दुई वर्षभन्दा कम उमेरका बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण भएमा अन्य खतराहरु समेत बढ्ने प्रबल सम्भावना हुन्छ । भाइरल फिबर धेरै भाइरसहरुको सङ्क्रमणबाट हुन्छ । उपचार नगराएको खण्डमा बच्चाहरुमा हुने इन्फ्लुलुन्जा फ्लु’ ले निमोनियासम्म गराउन सक्छ । 


भाइरल फिबरबाट कसरी जोगिने ?

– यदि तपाईंको बच्चा छ महिनादेखि २ वर्षभित्रको छ भने ‘फ्लु’ विरुद्धको खोप दिइनुपर्छ । यसका लागि डाक्टरसँग आवश्यक सल्लाह लिन जरुरी हुन्छ ।

– खोपको माध्यमबाट जीवनभर ‘भाइरल फिबर’ बाट जोगिन भने सकिँदैन किनभने खोप पनि निश्चित २ वा ३ फरक भाइरसको विरुद्ध मात्र तयार पारिएको हुन्छ ।

– सङ्क्रमित व्यक्तिहरुबाट टाढा रहने ।

– हाच्छ्युँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने ।

– पखाला अथवा वान्ता भएको छ भने व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

– हात राम्ररी साबुन–पानीले पखाल्ने ।

– ‘भाइरल फ्लु मौसम परिवर्तनको समयमा बढी देखिने हुनाले यो समयमा सचेत रहने ।


‘भाइरल फ्लु भएका बच्चाहरुलाई कसरी सहयोग गर्ने ?

– प्रशस्त झोलिलो पदार्थ खुवाउने ।

– आमाको दूध प्रशस्त खुवाउने ।

– पखाला लागेमा जीवनजल खुवाउने ।

– दालको सुप, सागसब्जी तथा फ्लु खुवाउने ।

– घरैमा आराम गराउने ।

– बच्चाको स्याहार गर्ने व्यक्तिले राम्ररी साबुन–पानीले हात पखाल्ने जसको कारण परिवारका अन्य सदस्य सङ्क्रमणबाट जोगिन सक्छ ।

– घरका भ्याल–ढोका र भेन्टिलेसन खुल्ला राख्ने जसको कारण पर्याप्त हावाको आवागमन सहज बनोस् ।

– चाँडोभन्दा चाँडो बच्चालाई अस्पताल लैजाने ।


खतराका लक्षणहरु के–के हुन् ?

– दुई हप्ताभन्दा बढी खोकी लागेमा ।

– दुई हप्ताभन्दा बढी पखाला लागेमा दिसामा रगत देखिएमा ।

– एक हप्ता वा सोभन्दा बढी ज्वरो आइरहेमा ।

– लगातार वान्ता गरेमा ।

– सास फेर्न गाह्रो भएमा ।

– असाधारण निन्द्रा लागेमा ।

– खुट्टाहरु सुन्निएमा ।

कमेन्ट गर्नुहोस्