
तिलोत्तमा,२०८० फाल्गुण २५ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ स्थित पशुपति मा.वि. काेटिहवामा एक कार्यक्रम गरी कक्षा ९ ले कक्षा १० का विद्यार्थीलाई एसईई परीक्षाकाे शुभकामना प्रदान गरेका छन्। कक्षा ९ की छात्रा रीतिका गैरेकाे अध्यक्षता, वि.व्य.स. अध्यक्ष अर्चित श्रेष्ठको प्रमुख आतिथ्यता र प्रधानाध्यापक वेदनारायण भट्टराईकाे विशिष्ट आतिथ्यता रहेकाे उक्त कार्यक्रममा कक्षा ९ र १० का विभिन्न विद्यार्थी एवम् शिक्षकहरूले शुभकामना मन्तव्य राख्दै उत्कृष्ट नतिजाका साथ विद्यार्थी र विद्यालय दुवैको उन्नति प्रगतिकाे कामना गरेका थिए। यसवर्ष १ सय ४४ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। कक्षा ९ का विद्यार्थी आकृति घिमिरे र विमल बश्यालले संचालन गरेकाे उक्त कार्यक्रममा साँस्कृतिक झलक, कवितावाचन, गीत,गजल पनि प्रस्तुत गरिएका थिए।
कमेन्ट गर्नुहोस्