लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा पहिलोपटक एसईई मोडलमा सेन्टअप परिक्षा

IMG

तिलोत्तमा,२०८० फाल्गुण २१ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित २ वटा सामुदायिक बिद्यालयले सेन्टअप परिक्षा एसईई मोडलमा संचालन गरेका छन्।पशुपति मावि र जनहित माविका विद्यार्थीलाई एसईई मोडलमा परिक्षा संचालन गरेको जनहित माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनेश्वर पोख्रेल मनिषले बताएका छन्।शिक्षालाई थप मजबुत बनाउनका लागि २ वटा बिद्यालयका एक परिक्षा केन्द्र निर्धारण गरेर परिक्षा सुरु गरिएको छ । २ बिद्यालयका १ सय ६८ विधार्थीले आईतबारबाट आफ्नो बिद्यालयभन्दा अन्यत्र बिद्यालयमा गएर फरक ढंगले परिक्षा दिएका छन् ।


परिक्षाका लागि विषयगत समितिबाट नमुना प्रश्नपत्र जम्मागरी पुनः त्यसबाट पनि छनौट गरेर बिद्यालयले निर्माण गरेको प्रश्नपत्रमै परिक्षा सञ्चालन गरिएको पशुपति माविका परिक्षा  संयोजक चक्रपाणी बस्यालले बताए ।परिक्षाका लागि जनहित मावि र पशुपति माविका विधार्थीले परिक्षा दिएका छन् भने आगामी फागुन २४ गते परिक्षा सकिनेछ । परिक्षा संचालनका लागि पूर्वाधार तयार गरि अघि बढिएको जनहित माविका शिक्षक तथा परिक्षा सह संयोजक हिम केसीले भन्नुभयो, ‘उत्तर पुस्तिका जाँच गर्ने शिक्षकले कुन बिद्यालयको कुन विधार्थीको उत्तर पुस्तिका भन्ने नै थाहा पाउदैन सो कारण पनि परिक्षाको नतिजामा गडबढी हुन्न ।’परिक्षालाई चुस्तदुस्त राख्नका लागि आफुहरु निरन्तर अनुगमन र अबलोकनमा रहेको जनहित माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुनेश्वर पोख्रेल मनिषले बताएका छन्।


कमेन्ट गर्नुहोस्