लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गीर्वाण माविको ५८औँ बार्षिकोत्सव सम्पन्न, बिष्णु पौडेलले भने- भावनात्मक सम्बन्ध छ।

IMG

तिलोत्तमा,२०८० फाल्गुण १५ गते। विज्ञान प्रविधीसँगै संस्कृत भाषालाई विद्यालयले गरेको माया अतुलनीय रहेको पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको धारणा

तिलोत्तमा । फागुन १५ गते । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञान प्रविधीसँगै संस्कृत भाषाको उत्थानमा गीवार्ण माविले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभएको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले अंग्रेजी र नेपालीसँगै भाषिक महत्वलाई उच्च कोटीमा राखेर संस्कृत विषयलाई समेत पठनपाठन गराउदै आएकोमा विद्यालयको प्रशंशा गर्नुभयो ।


श्री गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, तिलोत्तमा–५, मणिग्रामको ५८ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध समेत रहेको बताउदै गीर्वाण माविको पहिचानलाई थप उचाई प्रदान गर्न जस्तोसुकै त्याग गर्न समेत तयार रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख एवं विशिष्ट अतिथि जागेश्वर देवी चौधरीले अनुशाशित विद्यार्थी उत्पादन गर्ने शिक्षालयको रुपमा आफुलाई स्थापित गर्न गीर्वाण मावि सफल भएको भन्दै विद्यालयको प्रशंशा गर्नुभयो । सभ्य समाज निर्माणका लागी शिक्षाको महत्वपुर्ण भुमिका रहने भएकाले संस्कृत भाषालाई समेत उत्तिकै महत्व दिएकोमा विद्यालयलाई धन्यबाद दिनुभयो ।


गीर्वाण सरस्वति संस्कृत तथा साधारण माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उच्च कोटीको शैक्षिक गुणस्तरका लागी केन्द्र सरकार, प्रदेश एवं स्थानीय तहलाई सहयोगको दायरा बढाउन आग्रह गर्नुभयो । सो अवसरमा् अतिथीहरु जीवन विज्ञान संस्थाका संस्थापक एल पी भानु शर्मा, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका माधव बन्जाडे, तिलोत्तमा वडा न ५ का अध्यक्ष रमेश डुम्रे, तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, विद्यालयका सल्लाहकारहरु ऋषिराम भूषाल, कविराम अर्याल, रामचन्द्र पाण्डेय, लालमणि सुवेदी लगायतको सहभागिता रहेको थियो ।


वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकाशमा लागिपर्ने अक्षयकोषदाता, बस खरिदमा सहयोग पुर्याउने समाजसेवी, शिक्षक, कर्मचारी, विद्यार्थी, लगायत विभिन्न ब्यक्ति विशेषलाई सम्मान गरिएको थियो । विद्यालयका सह प्रअ दयानिधी आचार्यको स्वागत रहेको कार्यक्रममा विद्यालयका शिक्षक कृष्ण पोख्ररेलले मुल समारोह तर्फ एवं शिक्षक उदयराज बस्याल र बासुदेव गौतमले अतिरिक्त क्रियाकलाप तर्फको कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्