
तिलोत्तमा,२०८० पौष २८ गते । सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लब र सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष दिवस थापाले जानकारी दिएका छन्।
६५ जनाको रक्तदानमा सहभागी भै गरेको रक्तदानको प्रशंशा गर्दै क्लबका अध्यक्ष थापाले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र विभिन्न अस्पतालमा बिरामीको चाप र मौसमका कारण परेका बिरामीका लागि देशभर रगत अभाव भइरहेको बेला क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। रक्तदान कार्यक्रमका प्रमुख अतिथि खुम बहादुर थापाले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर गरिएको रक्तदानले समाजमा सेवा भावना जागृत भएको बताए।उनले समाजमा रहेर युवाहरुको सक्रियतामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी युवायुवतीहरुलाई रक्तदान जस्तो महादान गर्न प्रेरित गरेकोमा क्लबलाई धन्यबाद समेत ब्यक्त गरेका छन्।
सो अवसरमामा बोल्दै सबैको सहकारीका अध्यक्ष भारत भुसालले प्राबिधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी , रक्त संचार सेवा केन्द्र बुटवल, भौतिक तथा आर्थिक सहयोग गर्ने स्थानिय सबै सहयोगी एबम आमा समूह सबैलाई धन्यबाद ज्ञापन गर्दै "क्लबले गर्न लागेको सबै सामाजिक कार्यक्रमहरुमा उल्लेख्य सहभागिता रहेकोले संयुक्त रुपमा रक्तदानको आयोजना गरिएको बताए। कार्यक्रममा बिशिस्ठ अतिथि तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, रक्तदाता संजालका कृष्ण चौहान, कार्यक्रम व्यवस्थापक जितु थापा, तिलोत्तमा आमा समूह, स्थानिय टोल बिकास सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
क्लबले सधै जसो यस बर्ष पनि माघीको अवसर पारेर पौष माघ १ मणिग्राम चोकदेखि पश्चिम रिभर साइड खेलमैदान गोरकट्टामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। सातौ रिभर साइड माघी मेला २०८० नाम दिइएको सो मेलाको तयारी पुरा भएको आयोजक क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए। माघीको दिन र त्यस अघिल्लो दिनलाई भब्य रुपले सजावट गरि मेला स्थलमा बिशेष बनाइने उनको भनाई छ। सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक बद्री पंगेनी, नारायण बिपी परियार , कोपिला न्यौपाने, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापा सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ।
कमेन्ट गर्नुहोस्