
तिलोत्तमा, पौष २३ गते २०८०। तिलोत्तमा–७ भलबारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा आइतबारदेखि चलेको लेक एक्स्पो–२०२४ सम्पन्न भएको छ । एक्स्पोको लक्ष्य अनुरुप बिद्यार्थी र अभिभावक तथा स्थानिय तथा एबम निकायबाट करिव ९ हजार सहभागीले एक्स्पो अबलोकन गरेको कलेजका डाइरेक्टर तुलसीप्रसाद सापकोटाले जानकारी दिनुभयो।विभिन्न थरिका प्रविधिमा आधारित प्रदर्शनीलाई उपयोगिता समेत बताउदै कलेजमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेका ५० वटा प्रोजेक्ट एक्स्पोमा प्रदर्शन गरिएको डाइरेक्टर सापकोटाको भनाई छ।
सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट तयार गरिएको थियो। कलेजका सदस्य सचिव डा.के. एन. पाण्डेयले विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्राउन टेवा समेत पु¥याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताउनुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल राज कपुर शाहले विद्यार्थीको अध्ययन र त्यसको प्राबिधिक प्रयोगलाई एक्स्पोले उदार बनाएको बताउनुभयो। उहाँले २/२ बर्षमा गरिने यस्तो एक्स्पोले विद्यार्थीलाई अझै प्रेरणा र उर्जा साथै नयाँ प्रविधिमा अपडेट गराएको बताउनुभयो।
एक्सपोको सबै तयारि तथा ब्यबस्थापन कलेज आफैले गरेको भन्दै कार्यक्रमका को अर्डिनेटर बिष्णु चन्द्र झाले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले बिद्यार्थी र अभिभावकलाई पढाई पछि व्यवहारिक शिक्षाको सिकाई प्रक्रियालाई झन् मजबुत बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।एक्सोपोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिएको थियो।
सो अवसरमा बोल्दै कलेजका अध्यक्ष रामचन्द्र ढकालले विद्यार्थीले बनाएका प्रोजेक्टहरु देशका प्रतिष्ठित संस्था, सरकारी तथा गैर सरकारी प्रोजेक्ट,घर, उद्योग तथा विद्यालय, सडक, कृषिलगायतका क्षेत्रमा प्रयोग गर्न सकिने बताउनुभयो। विद्यार्थीहरूले आफुले अध्ययान गरेको सिप र व्यवहारिकता तथा आफ्ना प्रतिभा तथा क्षमता प्रदर्शन गर्न सकून् र पछि कुनै कम्पनी वा संस्थामा काम गर्दा मागअनुसार प्राविधिक उपकरण, वस्तु वा कम्प्युटर सफ्ट्वेयरको डिजाइन र विकास गर्न सकून् भनेर प्रविधि प्रदर्शनीलाई कलेजको प्राथमिकतामा राखिएको उहाँको भनाई छ।
विद्यार्थीले केही नयाँ प्रोजेक्टहरु तयार गरेको र केही पुराना भएपनि नेपालमा प्रयोगमा नआएका प्रोजेक्टहरु तयार तथा प्रदर्शन गरेका थिए । डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने यस कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने कलेजले विद्यार्थीहरूको प्रतिभा तथा क्षमता प्रदर्शन गर्न हरेक २/२ बर्षमा एक्स्पो आयोजना गर्दै आइरहेको थियो ।विद्यार्थीहरुले निर्माण गरेका उत्कृष्ट ५० प्रोजेक्टहरुको ब्रिफिंग सहित प्रदर्शनी गरि एक्स्पो समापान गरिएको हो । एक्स्पो दुई दिनसम्मचलेको थियो ।
कमेन्ट गर्नुहोस्