
तिलोत्तमा सिटी,२०८० पुष २१ गते ।मोफसलमा रहेकोे देशकै नमुना आईटि कम्पनी टुना टेक्नोलोजी प्रालीको साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलको अध्यक्षतामा सप्पन्न भएको सभामा कम्पनीका कार्याकरी प्रमुख, कम्पनी सचिव राजिब गौतमले संस्थाको प्रगती विवरण तथा बित्तीय अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
साधारण सभाले अध्यक्ष पोखरेल र कम्पनी सचिब गौतमले प्रस्तुत गर्नु भएको प्रस्ताव तथा प्रतिवेदन छलफल गरी पारित गरेको छ ।अध्यक्ष पोखरेलले प्रबिधीको क्षेत्रमा उल्लेखनीय काम गरेको र भबिस्यमा अझै उत्कृष्ट परिणाम ल्याउने बिश्वास व्यक्त गर्नुभयाे ।कार्यक्रममा संस्थाका सञ्चालन धुर्बराज न्यौपाने, सल्लाहकार दुर्गा भण्डारी लगायतले व्यवसायी माझ प्रबिधि प्रयाेगकाे बारेमा चेतना बढाउनु पर्ने र त्यसले प्रविधिकाे विकासमा याेगदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे । साधारण सभाले आगामी दिनमा सरकारसँग मिलेर प्रबिधिको क्षेत्रमा काम गर्ने योजना ल्याएकाे छ ।
कमेन्ट गर्नुहोस्