लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

tillotmacitynews - 2023 Dec 21 12:57 PM
IMG

तिलोत्तमा सिटी, २०८० पुष ५ गते। भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।

केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ। केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।

कमेन्ट गर्नुहोस्