लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई देवदह नगरपालिकाले गिफ्ट दिने

IMG

नविन लुइँटेल, देवदह। देवदह नगरपालिकाले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरेमा उपहार दिने कार्यक्रमको सुरुवात गरेको छ । मंगलबार एक कार्यक्रमबीच नगरपालिकाको वडा नं ५ बाट 'बेबी केयर गिफ्ट' कार्यक्रमको सुरुवात गरिएको हो ।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जन्मदर्ता, मृत्युदर्ता जस्ता गतिविधि समयमा नै दर्ता गर्नुपर्ने बताए । समयमै जन्मदर्ता गराइएन भने राज्यले तोकेको जरिवाना समेत तिर्नुपर्ने तथा विविध झन्झट आइपर्ने भएकोले उनले सबैलाई समयमा जन्मदर्ता गराउन अनुरोध गरे । देवदहलाई बालमैत्री नगर बनाउन अघि बढेको र  बालमैत्री शासनको सुचकमध्य १ सुचक समयमा जन्मदर्ता रहेकोले समयमै जन्म दर्ता बालबालिकाको अधिकार समेत रहेको बताए । 


सोही कार्यक्रममा बोल्दै नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले समयमै बालबालिकाको जन्मदर्ता गराएर बालबालिकाको नैसर्गिक अधिकारको सम्मान गर्न अनुरोध गरे । समयमै जन्मदर्ता नगराईदा पछि बच्चाले अनेक झन्झटको सामना गर्नुपर्ने भएकोले बालमैत्री स्थानिय शासनकै एउटा महत्वपूर्ण अभियानको रूपमा देवदहका सबै वडामा अभियान संचालन हुने उल्लेख गर्दै उनले वडा नम्बर ५ बाट अभियानको औपचारिक सुरुवात भएको बताए ।"समयमै जन्मदर्ता कानुनी आधार, बालबालिकाको स्वस्थ्यको लागि उपहार" नारा दिईएको उक्त अभियान अन्तर्गत समयमै जन्मदर्ता गर्ने अभिभावकलाई 'हिमालय ब्राण्डको हेप्पी बेबी गिफ्ट प्याक' निशु;क प्रदान गरिएको छ । 


चालु आर्थिक वर्षमा यस अभियानको लागि नगरपालिकाले पाँच लाख बिनियोजन गरेको छ ।  'बेबी केयर गिफ्ट' अभियानले कम्तिमा थप ३५ प्रतिशत बालबालिकाको जन्मदर्ता समयमै हुने लक्ष्य नगरपालिकाले लिएको छ ।कार्यक्रमको संचालन देवदह नगरपालिकाका वडा नं ५ का सचिव प्रदिप पौडेलले गरेका थिए ।    

कमेन्ट गर्नुहोस्