लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार

tillotmacitynews - 2023 Oct 03 11:23 AM
IMG

तिलोत्तमा सिटी,असोज १६ गते । काठमाडौंमा एक पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र बाल हेल्पलाइनको सयुंक्त टोलीले काठमाडौ महानगरपालिका–२९ रुद्रमती चोकस्थित पूर्वन्यायाधीश अलि अकबर मिकरानीको घरबाट आइतबार साँझ १० वर्षका बाल श्रमिकको उद्धार गरेको हो । वडाध्यक्ष कुश ढकालसहितको टोलीले घरेलु श्रमिक बालिकालाई उद्दार गरेको टोलीका सदस्य मेयर बालेन शाहका सचिवालयका सदस्य धिरज जोशीले जानकारी दिए । अनुगमन टोलीका सदस्य प्रविण सिलवालले बालिकालाई विद्यालय नपठाई श्रममा लगाएको पाइएको बताए । ‘घरको तल्लो तला विद्यालयलाई भाडामा दिए पनि बालिकालाई भने विद्यालय नपठाउने गरेको पाइयो, हाम्रो टोली पुग्दा बालिका भ¥याङ पुछ्दै थिइन्’, उनले भने ।


बालिकालाई उपचारका लागि कान्ति बाल अस्पतालमा लगिए पनि अभिभावकले नमानेपछि भर्ना गर्न नमानेको रिपोर्ट दिएको सिलवालले बताए ।

कमेन्ट गर्नुहोस्