लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललाई सम्मानसहित फेरी भेटौला कार्यक्रम

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकामा विगत १४ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत खुमलाल भुसालको सम्मानमा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। 


कार्यक्रममा भुसालले आफ्नो कार्यकालमा नगरपालिकाको प्रशासनिक कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा पुर्‍याउनुभएको योगदान, मेहनत, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रशंसा गरिएको थियो।१३ महिना २१ दिनको कार्यकालमा उहाँले देखाउनुभएको कार्यकुशलता, समन्वयकारी भूमिका र सेवाप्रतिको समर्पणलाई जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो मन्तव्यमा स्मरण गरेका थिए। उहाँसँग सहकार्य गर्दाका अनुभव, आत्मीयता र सहकार्यका क्षणहरू सम्झँदा कार्यक्रम भावुक बनेको थियो।


बिदाइका क्रममा नगर प्रमुख खाणसहित जनप्रतिनिधि सुरेन्द्र श्री, राधा शाही, नारायण ढकाल तथा कर्मचारीहरू रमेश बस्याल, इन्द्रदत्त सापकोटा लगायतले उहाँको आगामी कार्यकालको सफलताको कामना गर्दै उहाँले नगरपालिकाका लागि पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको थिय। सार्वजनिक सेवामा उहाँले देखाउनुभएको मेहनत र समर्पण सधैँ स्मरणीय रहने विश्वाससमेत व्यक्त गरिएको थियो।


पद र जिम्मेवारी परिवर्तन भए पनि सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ ताजा रहने सन्देशसहित सम्पन्न ‘फेरि भेटौँला’ कार्यक्रमले प्रमुख प्रशासकीय अधिकृत भुसालको आगामी जिबनको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो।प्रमुख प्रशासकीय अधिकृत भुसाललाई नगर प्रमुख खाणले रमना पत्र, सम्मान पत्र तथा मायाको चिनो र अबिर खादा लगाएर सम्मान गर्नुभएको थियो भने अन्य जनप्रतिनिधि र कर्मचारीहरुले पनि भुसाललाई सफल जिबनको कामना गर्दै अबिर तथा फुल माला र खादा लगाइदिएका थिए। 


कमेन्ट गर्नुहोस्