
प्रकाश पाण्डे । भाद्र १६ गते । आरसीई क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले मोतिपुरस्थित शुद्दोदन इग्लिश बोर्डिंग स्कुलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीका यूनाईटेड इग्लिश बोर्डिंग स्कुल, शुद्धोदन इग्लिश बोर्डिंग स्कुल र रोजबर्ड इग्लिश बोर्डिंग स्कुलका शिक्षक, शिक्षिका एवं प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि मानसिक रोग एवं तनाब व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको टीआरएफ रोटरियन डा.शेखरप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।
२ वटा सेसनमा संचालन गरिएको कार्यक्रमको पहिलो सेसनमा नशा तथा मनोरोग विशेषज्ञ रोटरियन डा.बिक्रम काफ्लेले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो भने दोस्रो सेसनमा रोटरियन यशोदा बगालेले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । यूनाईटेड इग्लिश बोर्डिंग स्कुलका प्राचार्य राम कृष्ण खनालको अध्यक्षता रहेको कार्यक्रममा ३ वटै बिद्यालयका १२० जना शिक्षक, शिक्षिका एवं प्रशासनमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको, बर्ष २०२३÷२४ का अध्यक्ष रोटरियन अप्सरा नेपालले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्