
तिलोत्तमा सिटी । भाद्र १५ गते । तिलोत्तमा १ शंकरनगरमा रहेको न्यु लाइट कलेजले शनिबार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार ड्राइभरटोलस्थित होटेल टुलिपमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले, न्यु लाइट कलेजले नाम अनुसारको काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कलेजले शिक्षा क्षेत्रमा दिएको योगदान अतुलनिय रहेको भन्दै आचार्यले अनुशासनको परिधिमा रहेर कलेजले अब्बल काम गरेकोप्रति खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष धर्मराज पौडेलले व्यावहारिक विधिमा आधारित रहेर कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
सो अवसरमा कलेजका प्राचार्य रमेश ज्ञवाली, शैक्षिक संयोजक राजेन्द्र कुँवर, अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनाल लगायतले बोल्दै, यस क्षेत्रका अन्य शैक्षिक संस्थाहरुको तुलनामा न्यु लाइट कलेजको इतिहास गर्विला,े पाको र प्रष्ट रहेको बताउनुभयो । कलेजले बिगतबाट नै अभिभावक तथा विद्यार्थीहरुको मन जित्ने गरि पठन पाठन गर्दै आइरहेको बक्ताहरुको भनाई थियो । स्वागत कार्यक्रममा राष्ट्रिय कलाकार सुदीप क्षेत्रि एवं जविनसंगै कलेजमा अध्ययनरत विद्यार्थीहरुले भिन्न भिन्न विधामा सांगीतिक एवं साँस्कृतिक प्रस्तुति दिएका थिए । कक्षा १२ मा अध्यनरत विद्यार्थीद्वय सिम्रिका बोहोरा एवं क्षितिज खाम्चाको स्वागत मन्तब्य रहेको स्वागत कार्यक्रमको संचालन छात्राद्वय अस्मिता नेपाली र मोनिका पौडेलले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्