लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी वाणिज्य क्याम्पसमा नेतृत्व विकास तालिम सुरु

IMG

तिलोत्तमा, २०८० भाद्र १२ गते। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्षहरुका लागि नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम मंगलबार सुरु गरेको छ ।आन्तरिक गुणस्तर सुनिश्चितता सेल लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा सुरु भएको दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस रहेको वडाका टोल विकास संस्थाका अध्यक्षहरुलाई तालिम प्रदान गरेकोमा खुशि व्यक्त गर्नुभयो साथै उहाँले क्याम्पसले विद्यार्थी मात्र नभई सिगंो समाजलाई नै आवश्यक सिप तथा तालिमहरु दिदै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।


उद्घाटन सत्रका अध्यक्ष एवं क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले राष्ट्रमै उत्कृष्टताको ताज पहिरिनुमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकका साथै समाजको पनि योगदान रहेकोले यस प्रकारका कार्यक्रम मार्फत क्याम्पस निरन्तर समाजसंग जोडिदै आएको बताउनुभयो  साथै तालिमले टोल विकास संस्थाका अध्यक्षहरुमा थप उर्जा पैदा भई कार्यसम्पादनमा पनि सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।उद्घाटन सत्रमा एम.वि.ए. कार्यक्रम निर्देशक उपप्राध्यापक ललितमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आन्तरिक गुणस्तर सुनिश्चितता सेल संयोजक पुनाराम घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।बुटवल उपमहानगरपालिका वडा नं. ११ का सबै टोल विकास संस्थाका अध्यक्षहरु तथा क्याम्पसका स्नातकोत्तर तहका केही विद्यार्थीहरुको पनि सहभागिता रहेको तालिमको पहिलो दिन स्रोत व्यक्ति सह प्राध्यापक राजेन्द्र लम्सालले नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्व शैलिका प्रकार, अहिलेको युगमा आवश्यकीय नेतृत्व गुण लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।


कमेन्ट गर्नुहोस्