
तिलोत्तमा सिटी । साउन २५ गते । अर्घाखाँचीको मालारानी गाउँपालिका शिक्षा शाखाले शैक्षिक क्षेत्रमा देखिएको विद्यमान अवस्था सुधारका लागि भन्दै बिभिन्न योजनाहरु अघि सारेको छ । पालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको समस्या पहिचान गरि बिद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भूमिकाको बिषयमा प्राप्त सल्लाह सुझाबलाई लिएर मनन गर्र्दै सुधारका विभिन्न कार्यक्रम लागु गर्ने गरि अघि बढेको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभयो । ‘बिद्यालयहरुको अबस्थाको बारेमा रिपोटिङ्गसँगै आगामी दिनमा कार्ययोजना निर्माण गरी सामुदायिक बिद्यालयको शैक्षिकस्तर सुधारको क्षेत्रमा नियमित अनुगमन तथा छलफल गर्ने गरि अघि काम बढेको भट्टराईको भनाई छ ।
वडास्तरमा रहेका शिक्षा समितिलाई कार्यतालिका नै बनाएर काम गर्ने गरी आदेश जारी गरिएको सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रले बताउनुभयो । ‘कक्षा ५ को उपलब्धि परिक्षण भदौको पहिलो हप्ताभित्र, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परिक्षा व्यबस्थापन गर्ने, प्रश्न पत्र कार्यालयले निर्माण गर्ने र बिद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा बिश्लेषण, प्रधानाध्यापकको बैठक र अभिभाबक बिच अन्तरक्रिया कार्य भदौको पहिलो हप्ता भित्र वडा शिक्षा समितले गर्ने गरी निर्णय भएको छ,’ मिश्रले भन्नुभयो । पालिकामा एसईई परिक्षाको हालको नतिजालाई समिक्षा गर्दै अघि बढ्न पालिका प्रतिवद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।
‘यस पटक मालारानी गाउँपालिकाका १४ वटा बिद्यालयबाट एसईई परीक्षामा ५ सय ५४ जना बिद्यार्थी सहभागी भएकोमा प्राप्त भएको नतिजाको बिश्लेषण गरि आगामी दिनमा सुधारका योजनाहरु अगाडि बढाउन पालिका प्रतिवद्ध छ, भुसालले भन्नुभयो, प्रधानाध्यापकहरुलाई बिद्यालयको शैक्षिक, प्रशासकीय र ब्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न उत्प्रेरित गर्दै आएका छौ । पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामाग्री निर्माण गर्नको लागि कार्यदल समेत निर्माण गरेको पालिकाका शिक्षा अधिकृत रमेश पन्थीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्