
तिलोत्तमा, साउन २४ गते २०८०। सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ ।आर्थिक ऐन २०८० ले दिएको असार मसान्तसम्मको समयलाई एक महिना लम्बाएर साउन मसान्तसम्म पुर्याउने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ। यो प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइललाई यो अवधिसम्म दर्ता गराउन सकिने गरी समय तोकिएको मन्त्रालयको सूचनामा उल्लेख छ । नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
विदेशबाट नेपालमा भन्सार नतिरी उपहारमा आएका वा व्यक्ति स्वयंले ल्याएका मोबाइललाई प्रणालीमा आवद्ध गर्न सरकारले यो सिस्टम कार्यान्वयनमा ल्याएको हो । यो प्रणालीमा दर्ता नगरेसम्म मोवाइल फोन चल्दैनन् ।
कमेन्ट गर्नुहोस्