लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज १० औं विश्व युवा दक्षता दिवस मनाइदै

IMG

तिलोत्तमा सिटी । असार ३० गते । प्रत्येक वर्ष जस्तै आज जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रमको आयोजना गरि नेपाल लगायत विश्वभरि मनाइदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, र सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । मूलतः अन्तर्राट्रिय श्रम संस्थाले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७ करोड १० लाख युवा बेरोजगार रहेको र बेरोजगारी दर १३.१ प्रतिशत देखाएको थियो ।


विश्वभर आइपरेको कोरोना महामारीेको कारणले गर्दा विश्वका झन्डै आधाजसो युवावर्ग बेरोजगारीको अवस्थामा पुगेको सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ । युवा दक्षता दिवसले युवा सहभागितालाई थप सक्रिय गर्न नवप्रवर्तनात्मक उपाय र युवाको सक्रियताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । युवा भन्नाले पुरुष र महिला दुवैलाई जनाउँछ । विश्व युवा दक्षता दिवसको यस वर्षको नारा शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाऔं, भन्ने तय गरिएको छ ।




मुलुकको अहिलेको समग्र बेरोजगारको दर डरलाग्दो गरि बढ्दो छ  । आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु युवा बिदेसिनुका मुख्य कारण हुन् । कर्मशील युवाको बढ्दो विदेश जाने संख्यासँगै गाउँबस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिन पनि बाँझो हुँदै गएका छन् ।



हाम्रो देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका अधिकांश किशोर किशोरी आफ्नो जग्गा जमिनमा उब्जिएको अन्नपातले परिवार धान्न छाडेपछि धन कमाउन विदेश पलायन हुने क्रम एकातिर छ भने अर्कोतिर उच्च शिक्षा हासिल गरेर पनि रोजगारी पाउन नसक्नु विदेश पलायन हुनुको प्रमुख कारण हो । वैदेशिक रोजगारका लागि विदेश जाने २० वर्षदेखि ४० वर्षसम्मका युवाहरू बढी देखिएका छन् । हाल सालै कृषि प्रधान देश नेपालमा किसानले १५ असार मनाएका बेला काम गर्ने युवा कोही पनि छैनन भन्दा पनि हुन्छ  । 


कमेन्ट गर्नुहोस्