लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साउदीमा गोली चल्दा मृत्यु भएका सुरक्षागाड तिलोत्तमा निवासी रहेको पुष्टि

tillotmacitynews - 2023 Jun 30 09:48 AM
IMG

प्रकाश पाण्डे । असार १५ गते । गत बुधबार साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा मृत्यु भएका नेपाली सुरक्षागार्ड स्पन्देहीको तिलोत्तमा निवासी रहेको पुष्टि भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी मृतक तिलोत्तमा ९ शंकरपुर निवासी ६० बर्षिय सैना कुमार परियार रहेको पुष्टि भएको हो । मृतक एक दशक अगाडीदेखि साउदीको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासमा कार्यरत हुनुहुन्थ्यो । मृतक परियारको शव नेपाल ल्याउने तैयारी र्भरहेको परिवारले जानकारी दिएको छ । मृतकका ३ छोरा र एक श्रीमति हुनुहुन्छ ।



अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका बेला परियार माथी बन्दुकधारीले गोली चलाएको र सो घटनामा परि परियार सहित दुई जनाको ज्यान गएको थियो । मारिनेमा अर्का बन्दुकधारी रहेका छन् । गत बुधबार कारमा आएका एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका र सुरक्षाकर्मीले उनलाई रोक्ने प्रयास गर्दा गोली चलेको खबरमा उल्लेख छ । गोली लागेर नेपाली सुरक्षा गार्ड सैना कुमार परियार  र बन्दुकधारीको पनि ज्यान गएको थियो । 

कमेन्ट गर्नुहोस्