लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जलवायु परिवर्तनको असर ताता दिन बढ्दै र चिसा दिन घट्दै

IMG

तिलोत्तमा सिटी । जेठ २६ गते । जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविदहरुले बताएका छन् । यही कारण ताता दिन बढ्दै गएको छ भने चिसा दिन घट्दै जान थालेको छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ । केही जिल्लामा त अहिलेसम्मकै उच्च भएको छ । तत्काल वर्षाको सम्भावना नरहेकाले तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो ।  दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।



दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । आज पनि यही हाराहारीमा तापक्रम रहने अनुमान रहेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलको अनुमान छ ।  यस्तै, भैरहवा,  गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा यो जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड बनाउन थालेको हो ।


कमेन्ट गर्नुहोस्