लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शरणार्थी काण्डमा संलग्न छैन, तथ्यहिन समाचार सम्प्रेषण नगर्नू : पूर्वगृहमन्त्री बालकृष्ण खाँण

tillotmacitynews - 2023 May 07 06:57 AM
IMG

तिलोत्तमा सिटी । बैशाष २४ गते । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नाविरुद्ध समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि वयक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका हुन् ।  ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ,’ उनले भने ।  नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा खाँणको पनि नाम मुछिएको छ । प्रहरी हिरासतमा रहेका  टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए। 


कमेन्ट गर्नुहोस्