लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल लेडि जेसीजको लक्ष्य तालिम सम्पन्न

IMG

तिलोत्तमा सिटी १६ बैशाख २०८०। बुटवल लेडी जेसीजले एसईई दिएर बसेका बालबालिकालाई गन्तव्य पहिचान सम्बन्धि तालिम दिएकाे छ ।टि.बि.एस. संगकाे सहकार्यमा शनिबार एक दिने तालिम दिएकाे हाे ।“मैले काेर्छु मेराे भविश्य, निश्चित हुनेछ लक्ष्य” भन्ने नारासहित आयाेजना गरिएकाे तालिमकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले लक्ष्य विहिन यात्राले गन्तव्यमा पुग्न नसकिने भनाई राख्नुभयाे । उहाले गन्तव्यमा पुग्नकाे लागि लक्ष्य निर्धारण गर्न आग्रह गर्नुभयाे । लक्ष्य अनुसारकाे विषय छनाैट गर्न सकियाे भने त्याे भविश्यकाे राम्राे मार्गदर्शन बन्न सक्ने उहाँकाे भनाई छ ।


तालिम आयाेजक संस्था बुटवल लेडि जेसीजकी अध्यक्ष कमला लम्सालले युवाकाे नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रम गर्दै आएकाे र एसईई दिएर बसेका युवालाई लक्षित गरेर तालिम कार्यक्रम आयाेजना गरिएकाे बताउनु भयाे । उहाले तालिम ती बालबालिकाकाे लक्ष्य निर्धारण गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष लाेकनाथ उपाध्यायले तालिम बालबालिकाकाे गन्तव्य पहिचान र लक्ष्य निर्धारण गर्न सफल हुने बताउनु भयाे । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेलले गन्तव्यकाे पहिचान गर्न सकेमात्रै बाटाे पहिल्याउन सहज हुने भनाई राख्नु भयाे ।


कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष लालहरी पाण्डे, बुटवल महिला जेसीजकी पूर्व अध्यक्ष राधिका पाेखरेल लगायतले भनाई राख्नुभएकाे थियाे । तालिममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक रमेश अर्याल, प्रशिक्षक अमर खत्रीले प्रशिक्षण गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्