लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१७ लाखको अवैध मोवाईल बरामद

IMG

तिलोत्तमा, २८ मंसिर २०७९।  अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरिएको सय थान मोवाईल जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको छ । करिब १७ लाख मूल्य बराबरको उक्त मोवाईल वर्दघाट नगरपालिका ४ टिसिएन चोक स्थित पुर्वपश्चिम राजमार्गमा रोकिराखिएको सार्वजनिक बसबाट बरामद गरेको हो ।


चेकजाँचको क्रममा ५ वटा प्याकेटमा वेवारिसे अवस्थामा बसमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी गराएको हो । कुलपैड कुल १२ ए एन्ड्रोइड स्मार्टफोन फेला परेको थियो । आवश्यक अनुसंन्धानका लागि बरामद उक्त मोवाईल राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्