लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान साकोसको १७ औं साधारण सभा सम्पन्न, पत्रकार रायमाझीलाई सम्मान

IMG

तिलोत्तमा, २०७९ साल ५ कार्तिक। जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा आज कोटिहवा मगर भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३८ हजार सेयर सदस्यको प्रतिनिधित्व गर्दै १८० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा अध्यक्ष ज्ञानु पौडेलले संस्थाको प्रगती र आगामी योजनाको बारेमा जानकारी दिदै अहिले केही सहकारीहरुले सेयर सदस्यहरुको बचत फिर्ता नगर्नेजस्ता समाचारहरु सार्वजनिक भइरहँदा सहकारीहरुलाई गरिने विश्वास चुनौतिको विषय भएको बताउनुभयो । उहाले सहकारीमा बिश्वास सहित बचत गर्न र सहज रुपमा ऋण लगानी गर्न जन उत्थान प्रतिबद्ध रहेको समेत बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख रामकृष्ण खाणले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठुलो नाम कमाएको र महिलाको जिबन स्तर सुधार्न ठुलो योगदान गरेकोप्रति खुसि प्रकट गर्दै महिला हरेक क्षेत्रमा जागरुक र शिक्षीत हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले यस क्षेत्रको पहिचान बनाउने गरि कार्य गरेको जन उत्थानले सबै बर्गको लागि सारथी बनेर अगाडी बढ्नुपर्ने बताउनुभयो। सो कार्यक्रममा नेप्स्कुनका बरीष्ठ उपाध्यक्ष चन्द्र प्रसाद अधिकारी,सिद्धार्थ नगरपालिकाका पुर्व मेयर हरि अधिकारि लगायतले सहकारीले समाजमा राम्रा कामहरु गरेको बताउदै शुभकामना दिनुभएको थियो । संस्थाले प्रत्येक वर्ष सहकारी क्षेत्रमा कलम चलाउदै आएका पत्रकारलाई सम्मानित गर्दै आएकोमा यस बर्ष समता टेलिभिजन तथा लुम्बिनी खबर पत्रिकाका  सम्पादक तथा प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष समेत रहेका पत्रकार कमल रायमाझीलाई सम्मान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खाण र संस्थाका अध्यक्ष पौडेलले पत्रकार रायमाझीलाई नगद १५ हजार पुरस्कार प्रदान गर्नुभएको हो । कार्यक्रमको संचालन संस्थाका सचिव सरु रानाले गर्नुभएको थियो । 


कमेन्ट गर्नुहोस्