
कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ ।लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा प्रस्तुत छन् । एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन उनले गर्ने खोज रिपोर्टिङ वरपर फिल्मको कथा घुम्छ ।कोरोना महामारीका कारण रिलिजमा ढिलाइ भएको यो फिल्म अन्ततः प्रदर्शनको तयारीमा जुटेको हो ।
आउँदो बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको ५४ सेकेन्ड लम्बाईको टिजर संवादरहित छ । टिजरमा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् । थ्रिलर र सस्पेन्स शैलीमा तयार पारिएको टिजरले फिल्मप्रति दर्शकको कौतुहलता जगाउने देखिन्छ ।फिल्मलाई मिलन डि काप्रिले निर्देशक गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रि स्वयंको सम्पादन छ । फिल्मलाई ‘आरआर फिल्मस्’ले देशभर वितरण गर्नेछ । ‘षट्कोण’ले तोकेको प्रदर्शनमा मितिमा फिल्म ‘लक्का जवान’ पनि प्रदर्शन हुँदैछ । यद्यपि, दुवै फिल्म फरक जनराका हुन् ।
कमेन्ट गर्नुहोस्