लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘दर्पणछायाँपछि फेरि’ बन्ने,उत्तम प्रधान निर्देशक हुने

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र २२ गते।  निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहने फिल्म ‘दर्पणछायाँपछि फेरि’ निर्माण हुने भएको छ । फिल्मलाई उत्तमले निर्देशन गर्ने भएका छन् ।अनलाइनखबरसँग कुरा गर्दै अभिनेता प्रधानले बन्न लागेको फिल्म तुलसी घिमिरे निर्देशित २०५८ सालकै ‘दर्पणछायाँ’कै सिक्वेल हुने बताए । ‘यो विशुद्ध दर्पणछायाँकै सिक्वेल हुनेछ,’ उत्तमले भने, ‘तुलसी सरसँगकै सहमतिमा फिल्म निर्माणलाई अघि बढाउन लागेका हौं ।’


दर्पणछायाँको कथा अन्त्य भएकै ठाउँबाट नयाँ कथा सुरु हुने जानकारी समेत उत्तमले दिए । ‘यो प्योर सिक्वेल हुनेछ । कथा जहाँ सकिएको हो, त्यहींबाट स्टार्ट हुनेछ,’ फिल्मको तयारीका लागि काठमाडौंमा आइपुगेका उत्तमले भने ।आगामी दशैंअघि नै फिल्म छायांकनमा जाने बताउँदै उनले आफ्नो कम्पनी अक्र्यूब फिल्म ब्यानरमा निर्माण हुने जनाए । फिल्मको कथा र पटकथा पनि उत्तम आफैंले लेखेका हुन् ।२ करोड २५ लाख लागतमा निर्माण हुने बताइएको फिल्मको छायांकन नेपाल र सिक्किममा गर्ने तयारी छ । निर्देशक तुलसी घिमिरेले पनि आफ्नै फिल्मलाई उत्तमले निर्देशन गर्ने जानकारी दिए ।


दर्पणछायाँमा दिलीपले राज पात्रको भूमिका निर्वाह गरेका थिए । निरुता स्मृति र उत्तम अभिषेक चरित्रमा प्रस्तुत थिए । तुलसीले निर्देशन गर्ने टेलिसिरियल ‘मुक्ति’मा उत्तम मुख्य कलाकारको रुपमा चयन भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्