लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोरखा जिल्लाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

IMG

२०७८ चैत ९ , तिलोत्तमा सिटी । पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यसहित आउँदो बैशाख पहिलो साता गोरखा जिल्लाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुन लागेको छ । बैशाख ५ गतेदेखि ७ गतेसम्म हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरुलाई मात्र सहभागी गराइने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

 

मंगलवार महोत्सव हुने स्थान र मितिको घोषणा गर्दै फिल्म दर्ताका लागि आह्वान पनि गरिएको छ । महोत्सवमा सहभागी हुन चाहने फिल्मले [email protected] मा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी गराइने जानकारी दिए । 

 

महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्महरु स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्मको टिम र दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने बिषयमा वर्कशप हुने र फिल्मकर्मीहरुको बीचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धि अन्तरक्रिया पनि हुने अध्यक्ष सापकोटाले बताए ।

 


कमेन्ट गर्नुहोस्