लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली चलचित्र ‘कौसीद’को रिलिज मिति घोषणा

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी ।  नेपाली अभिनेत्री ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को रिलिज मिति  घोषणा गरिएको छ । सोमवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।  पाँच सय र एक हजारको बिटोलाई अंगालो हाल्दै अचम्मित मुद्रामा देखिएकी ऋचा फिल्ममा विवाहित महिलाको भूमिकामा रहेको पोस्टरबाट बुझ्न सकिन्छ ।

 

फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा निर्मित फिल्मको कोरोना महामारीका बीच छायांकन भएको थियो । आर.आर फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ । फिल्मको प्रस्तुतकर्तामा अभिनेत्री ऋचा शर्मा रहेकी छिन् ।


फिल्मले वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोलेको छ । कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । 

 





कमेन्ट गर्नुहोस्