लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको प्रतिनिधिसभाको बैठक स्थगित,अर्को बैठक बिहीबार

IMG

२०७८ फागुन ८ ,तिलोत्तमा सिटी।  एमसीसी टेलब गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो ।


सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपालमा चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने र विद्युत् सेवाको विस्तार र अन्तर्राष्ट्रिय बजार पाउने बताउनुभयो । सम्झौता कार्यान्वयनपछि झन्डै ५० लाख जना नेपाली लाभान्वित हुने पनि मन्त्री कार्कीको दाबी छ ।यसैबीच संसद्को अर्को बैठक फागुन १२ गते बस्ने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्