लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज गर्ने प्रयास

IMG

२०७८ माघ २५, तिलोताम्मा सिटी । ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ मा रिलिज गर्न प्रयास गरिदै छ। कोरोना महामारी फैलिएको कारण सरकारले हल बन्द गर्दा फिल्मको दोस्रो सिरिज निर्माणको तीन वर्ष भइसक्दा पनि रिलिज हुन पाएको छैन । जसका कारण फिल्ममाथि भएको निर्माताको ३ करोडको लगानी फ्रिज भएको छ ।२०७६ सालको फागुन २३ गतेलाई फिल्मको पहिलो पटक प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, यही मितिमा बलिउड फिल्म ‘बागी ३’ आउने भएपछि ‘म यस्तो गीत गाउँछु २’ एक हप्तापछि सर्दै फागुन ३० मा पुग्यो । निर्माताले प्रचार-प्रसारमा ठूलो खर्च गरिसकेका थिए । तर, रिलिजको मुखमा संक्रमण फैलिएपछि निर्माताले फिल्म रिलिज गर्ने आँट गरेनन् र रिलिज पोस्टपोन्ड गरे ।

 

फिल्म रिलिजको १५ दिन पनि बाँकी नहुँदा कोरोना संक्रमण बढेको भन्दै सरकारले हलहरु बन्द गर्ने निर्णय गर्‍यो । सीसीएसीसीले सरकारलाई फागुन १ गतेलाई हलहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालनको अनुमति दिन सिफारिस गरेको छ । यसै हप्ता मन्त्रिपरिषद्को बैठकले सीसीएमसीसीको सिफारिसको आधारमा सिनेमा हल खोल्न अनुमति दिने सम्भावना प्रवल छ । फागुन १ गतेबाट हल खुल्ने सम्भावना बढेपछि फागुन महिनामै ‘म यस्तो गीत गाउँछु २’ लाई रिलिज गर्न निर्मातादेखि वितरकसम्म दौडधुप गरिरहेका छन् । वितरक करण श्रेष्ठले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्नका लागि प्रयास भइरहेको बताए । अहिले फिल्मको टिम यही मितिमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ का निर्मातालाई मनाउनका लागि छलफल गरिरहेको छ । 

 

वितरक श्रेष्ठ भन्छन्, ‘हाम्रो कारणले फिल्मको पटक-पटक प्रदर्शन सरेको होइन । हल बन्द नभएको भए माघ १९ मै फिल्म लाग्थ्यो । त्यसैले अब हल खुलेपछि ‘म यस्तो गीत गाउँछु २’ बाट फिल्म रिलिजको सुरुवात गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । मंगलवार ‘लप्पन छप्पन २’ को टिमसँग नेपाल चलचित्र संघमा छलफल छ । सहमति जुट्यो भने फागुन १३ गते फिल्म लगाउन हामी तयार छौं ।’सफल फिल्मको सिरिज भएकाले ‘म यस्तो गीत गाउँछु २’ ले कोरोनाअघिकै पुरानो माहोल फर्काउन सफल हुने धेरैको आशा र अपेक्षा छ । सुदर्शन थापा निर्देशित तथा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले मिलेर फिल्मको कथा

कमेन्ट गर्नुहोस्