लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘ह्यारीकी प्यारी’ को छायांकन सुरु गरे जितु नेपालले

IMG

२०७८ माघ ११, तिलोत्तमा सिटी। डा. भोला रिजालका छोरा तथा निर्माता कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्म ‘ह्यारीकी प्यारी’ को मुहूर्त गर्दै छायांकन सुरु भएको छ । सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको हो । रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको मुहूर्त सट कलाकार द्वय जितु नेपाल र विजय बरालले दिएका थिए ।

 

कपिल रिजालले ‘ह्यारीकी प्यारी’ बाट फिल्म निर्देशनमा डेब्यू गर्न लागेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही सर्ट फिल्मको निर्देशन गरिसकेका छन् । उनी फिल्म ‘ड्रिम्स’ मा निर्माताको रुपमा समेत आबद्ध भएका थिए । उनले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको जानकारी दिए ।


फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिका रहनेछ । तर, मुहूर्त समारोहमा भने उनी उपस्थिति भएकी थिइन् । उनी केही दिनमा छायांकनका लागि पर्वत जाने तयारीमा छिन् । निर्देशक रिजालले हाल साम्राज्ञीको सिन नभएकाले अहिलेलाई अरु कलाकारको सिन खिचिने जानकारी दिए । फिल्ममा लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ । फिल्मलाई सुदिप बरालले खिचिरहेका छन् ।

 


कमेन्ट गर्नुहोस्