
जेष्ठ १९ गते बुधबार २०७८ तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९६९, ललितपुरमा ३०६, मोरङमा ३०४, झापामा २७१, कास्कीमा २४३, भक्तपुर र सिन्धुपाल्चोकमा १८१/१८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै कैलालीमा १४०, दाङमा १३६, काभ्रेपलाञ्चोकमा १२७, धनुषामा ११९, रूपन्देहीमा ११२, सुर्खेतमा ११० र मकवानपुरमा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।कञ्चनपुरमा ८५, बारामा ८१, नुवाकोटमा ७६, धादिङमा ६७, जाजरकोटमा ६१,कपिलवस्तुमा ५९, चितवनमा ५२, सिरहामा ४७, सुनसरीमा ४३,सर्लाहीमा ४२, बाँकेमा ३८, नवलपरासी पश्चिममा ३६, खोटाङमा ३२ र रामेछापमा ३० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै महोत्तरीमा २९, सप्तरी र अछाममा २८/२८ जना, तनहुँ र दार्चुलामा २३/२३ जना, इलाम, रौतहट, अर्घाखाँची, दैलेखमा २२/२२ जना,गुल्मीमा २०,गोरखामा १७, ओखलढुंगामा १६, सोलुखुम्बु र डडेलधुरामा १५/१५ जना, दोलखामा १३, पर्सा र प्युठानमा ११/१ जना तथा रूकुम पश्चिममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नवलपरासीमा ९, धनकुटा, स्याङजा, पाल्पामा ७/७ जना, सिन्धुली, लमजुङ, बागलुङ, रोल्पा र कालिकोटमा ५/५ जना, उदयपुरमा ४, डोटी र बैतडीमा ३/३ जना, रूकुम पुर्व र सल्यानमा २/२ जना तथा तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, जुम्ला, डोल्पा र मुगुमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै १० वर्ष मुनिका १२७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कमेन्ट गर्नुहोस्